शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा आज ‘ठूली गौरा’ मनाइँदै


पश्चिम प्रेस
बुधबार, भदौ २० २०८०
  • 1.0K
    Shares

  • images
    images
    सुदूरपश्चिममा आज ‘ठूली गौरा’ मनाइँदै

    महेन्द्रनगर । भदौ ७ गते गौरा नमनाएका ठाउँमा गौराको रौनक बढेको छ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात ‘ठूली गौरा’भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।

    ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको छ । 

    ‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । साँउ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । तागाधारी पुरुषहरुले जनेउ धारण गरे जस्तै महिलाहरुले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको छ । 

    गौराको मुख्यदिन भोलि गौराष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत खेल्ने चलन रही आएको छ ।

     


  • सम्बन्धित विषय:

  • # ठूली गौरा
  • प्रतिक्रिया दिनुहोस