बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
बुधबार, भदौ २० २०८०
  • 387
    Shares

  • images
    images
    घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images
    images
    images
    images

    महेन्द्रनगर । नेपाली बजारमा बुधबार पनि सुन चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला तीन सय रुपैयाँ नै घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ  । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १ हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    images


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस