मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दलित पुजारी हुने डडेल्धुराको प्रसिद्ध ‘जोगेनी जाँत’ आज


पश्चिम प्रेस
बिहीबार , भदौ २१ २०८०
  • 1.7K
    Shares

  • images
    images
    दलित पुजारी हुने डडेल्धुराको प्रसिद्ध ‘जोगेनी जाँत’ आज

    डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा दलित पुजारी हुने प्रसिद्ध ‘जोगेनी जाँत’ आज हुँदै छ। चौंसठ्ठी माताको रूप भनेर चिनिने प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक तीन वर्षमा हुने गर्दछ।

    जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन् . जसमा मुख्य चौलो कोटेउडाको हुन्छ भने अरू चौलो पनि हुने गर्दछ। अधिकांशले हातमा खुकुरी तलवार लिएर जात्राको आनन्द लिइरहेका हुन्छन्। उक्त जात्रामा जातीय भेदभाव हुँदैन। किरियामा बसेका व्यक्ति र रजस्वला भएका महिलाहरू पनि सो जात्रामा जान पाउँछन्।

    स्थानीयका अनुसार जात्राको दिन र नौरता बस्ने व्यक्ति तोकिन्छ। उक्त जात्रामा भने सुनी, तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ। यो जात्रा नागी मल्ल राजाका पालामा सुरु भएको विश्वास छ ।

    उक्त मेलाका लागि स्थानीयहरू रोजगारका लागि बाहिर गएकाहरू घर फर्कने गर्छन् भने मेलाका दिन सुदूरपश्चिमका जिल्लाबाट भक्तजनहरू पुग्ने गरेका छन्।


  • सम्बन्धित विषय:

  • # जोगेनी जाँत
  • प्रतिक्रिया दिनुहोस