महेन्द्रनगर । पर्व मनाउने तिथि विवादका कारण एउटै पर्वको अवसरमा दुई चोटि सार्वजनिक बिदा दिइएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा मनाउइने गौरा पर्वको अवसरमा कैलाली, कञ्चनपुर लगायत सुदूरपहाडी जिल्लाका अधिकांश पालिकाहरुमा दुई चोटि सार्वजनिक बिदा दिइएको हो । यसअघि, भदौ ७ गते गौरा पर्व मनाइएको थियो । सो पर्वको अवसरमा भदौ ७ गते सङ्घीय सरकारले र ८ गते प्रदेश सरकारले थप एक दिन सार्वजनिक बिदा दिएको थियो ।
तर, स्थानीय ज्योतिषीहरूको भनाइ र निर्णय अनुसार कतिपयले भदौ २१ गते गौरापर्व मनाइरहेका छन् । त्यसको अवसरमा फेरि स्थानीय सरकारले भदौ २१ गते एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो ।
.gif)