सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

घट्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?


पश्चिम प्रेस
आइतबार, भदौ २४ २०८०
  • 1.2K
    Shares

  • images
    images
    घट्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    महेन्द्रनगर । आज साताको पहिलो दिन अर्थात् आइतवार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आज (आइतवार) चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो । शुक्रवार प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज (आइतवार) प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस