सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सामान्य बढ्यो सुन चाँदीको मूल्य


पश्चिम प्रेस
सोमबार, भदौ २५ २०८०
  • 1.3K
    Shares

  • images
    images
    सामान्य बढ्यो सुन चाँदीको मूल्य

    महेन्द्रनगर । आज (सोमवार) नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य बढेको छ । आइतवार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो । शुक्रवार देखि प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार प्रतितोला १४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस