बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

सामान्य बढ्यो सुन चाँदीको मूल्य


पश्चिम प्रेस
सोमबार, भदौ २५ २०८०
  • 942
    Shares

  • images
    images
    सामान्य बढ्यो सुन चाँदीको मूल्य
    images
    images
    images
    images

    महेन्द्रनगर । आज (सोमवार) नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य बढेको छ । आइतवार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो । शुक्रवार देखि प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार प्रतितोला १४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    images


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस