महेन्दुनगर । कञ्चनपुरको दोधारा चाँदनीबाट १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा तीनजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–३ का १९ वर्षीय अरबिन महता, १७ र १८ वर्षका दुई किशोर रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका–२ स्थित खेलमैदानमा लागेको मेला हेर्न गएको समयमा पहिलोपटक जबर्जस्ती करणी गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन् ।
यही भदौ १५ मा मेला हेर्न गएका बेला ललाईफकाई गरेर दोधारा चाँदनी नगरपालिका–४ बैतडा टोलस्थित उखुबारीमा करणी गरेको पीडितको भनाइ छ । भदौ १९ मा दोधारा चाँदनी नगरपालिका–१ मायापुरी सामुदायिक जंगलमा लगेर करणी गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितलाई सोमवार दिउँसो नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)