सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रतितोला आठ सय रुपैयाँले घट्यो सुनको मूल्य


पश्चिम प्रेस
बुधबार, भदौ २७ २०८०
  • 759
    Shares

  • images
    images
    प्रतितोला आठ सय रुपैयाँले घट्यो सुनको मूल्य
    महेन्द्रनगर । नेपाली बजारमा बुधवार सुन चाँदीको मूल्य घटेको छ । मङ्गलवार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।  
     
    त्यसै गरी, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मङ्गलवार को तुलनामा बुधवार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार चाँदी प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
     


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस