महेन्द्रनगर । नेपाली बजारमा आज (बिहिवार) पनि सुनको मूल्य बढेको छ । बुधवार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।