सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुन चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
बिहीबार , भदौ २८ २०८०
  • 1.0K
    Shares

  • images
    images
    सुन चाँदीको  मूल्य  बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    महेन्द्रनगर । नेपाली बजारमा आज (बिहिवार) पनि सुनको मूल्य बढेको छ । बुधवार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस