महेन्द्रनगर । नेपाली बजारमा बिहिवार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । बुधवार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला १४ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।