सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

घट्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
मंगलबार, असोज ९ २०८०
  • 761
    Shares

  • images
    images
    घट्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    महेन्द्रनगर । मङ्गलवार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । सोमवार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी, आज (मङ्गलवार) चाँदीको मूल्य पनि घटेको छ । सोमवारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस