आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

कैलालीमा माछा मार्ने क्रममा पानीमा डुबेर चौधरीको मृत्यु


पश्चिम प्रेस
मंगलबार, असोज ९ २०८०
  • 852
    Shares

  • images
    images
    कैलालीमा माछा मार्ने क्रममा पानीमा डुबेर चौधरीको मृत्यु

    कैलाली । कैलालीमा माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको भजनी नगरपालिका-१ मधुबन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोमबार साँझतिर सोही ठाउँस्थित रहेको बरदान चटिया नाला (खोला) मा माछा मार्ने क्रममा पानीमा डुबेर चौधरीको मृत्यु भएको हो । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # पानीमा डुबेर मृत्यु
  • प्रतिक्रिया दिनुहोस