महेन्द्रनगर । नेपाली बजारमा बुधवार पनि सुन चाँदीको मूल्य घटेको छ । मङ्गलवार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आज (बुधवार) प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । मङ्गलवार को तुलनामा बुधवार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
.gif)