महेन्द्रनगर । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य घटेको छ । बुधवार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो ।
आज (बिहिवार) छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ भने बुधवार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
.gif)