महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।
बिहीबार साँझतिर कञ्चनपुरको भिमदत्त नगरपालिका-६ सुकासालबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु. २,७५,०००।–(दुई लाख पचहत्तर हजार) मूल्य बराबरको चिनी,मिस्री,नरिवल तथा सुर्ती जन्य पदार्थहरू लगायतका सामानहरू प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । बरामद गरेको उक्त सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बिहीबार साँझतिर कैलालीको धनगढी उप-महानगरपालिका-२ त्रिनगर भन्सार नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु.२६,०००।–(छब्बिस हजार) मूल्य बराबरको चामल र गहुँ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उक्त फेला पारेको सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको हो ।
.gif)