महेन्द्रनगर । सोमबार पनि नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । मङ्गलवार देखी निरन्तर रूपमा ओरालो लागेको सुनको मूल्य आज पनि प्रतितोला एक सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबारको तुलनामा चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँ घटेको हो । आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
.gif)