महेन्द्रनगर । बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत मङ्गलवार देखी घट्ने क्रममा रहेको सुनको मूल्य आज (बुधवार) भने बढेको हो । मङ्गलवार प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
.gif)