सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
सोमबार, असोज २२ २०८०
  • 544
    Shares

  • images
    images
    प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    महेन्द्रनगर । नेपाली बजारमा आज (सोमबार) पनि सुन चाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।  
     
    त्यसै गरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । यो मूल्य आइतबारको तुलनामा आज प्रतितोला १५ रुपैयाँ बढेको हो । आइतबार प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस