सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको मूल्य सामान्य घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
बुधबार, असोज २४ २०८०
  • 676
    Shares

  • images
    images
    सुनको  मूल्य सामान्य घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ  कारोबार  ?
    महेन्द्रनगर । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मङ्गलवार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।  
     
    त्यसै गरी, बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस