सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बढ्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
बिहीबार , असोज २५ २०८०
  • 536
    Shares

  • images
    images
    बढ्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    महेन्द्रनगर । नेपाली बजारमा आज (बिहिवार) सुन चाँदीको मूल्य बढेको छ । बुधवार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ बढेको हो ।
     
    आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  महासङ्घका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
     
    त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधवारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने बुधवार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस