कैलाली । कैलालीमा लागू औषधसहित एक किशोर पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उप-महानरपालिका-१० गणपती ईटाभट्टा नजिकबाट ९४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझतिर सोही ठाउँ बस्ने १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिई गएको संयुक्त प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा किशोरको साथबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)