सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
शुक्रबार, असोज २६ २०८०
  • 766
    Shares

  • images
    images
    सुनको  मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ  कारोबार  ?
    महेन्द्रनगर । शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसै गरी, शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो । बिहीबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस