सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढ्यो सुनको मूल्य


पश्चिम प्रेस
आइतबार, असोज २८ २०८०
  • 568
    Shares

  • images
    images
    एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढ्यो सुनको  मूल्य

    महेन्द्रनगर । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । शुक्रवार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज (आइतबार) प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो ।

    आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रवारको तुलनामा आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेको हो । शुक्रवार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज (आइतबार) प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस