महेनद्रनगर । मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
.gif)