महेन्द्रनगर । नेपाली बजारमा बुधवार सुन चाँदीको मूल्य बढेको छ । मङ्गलवार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आज (बुधवार) प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, बुधवार चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार को तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो । मङ्गलवार प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
.gif)