महेन्द्रनगर । कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका-४ का २० वर्षीय युबराज शाहु पक्राउ परेका हुन् । जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्दामा २०७८ कार्तिक ७ गतेका दिन ९ महिना कैद सजायको फैसला सुनाएपछि उनी सोही अवधि देखि फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शाहुलाई बुधवार साँझतिर उनकै घर ठेगानामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
.gif)