डडेल्धुरा । दशैँको महाअष्टमीको दिन आज सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला मेला हेर्ने दर्शनार्थीको घुइँचो लागेको छ । अष्टमी मेलासंगै राँगा र बोकाको बलीदिइ पूजाआजा गरिने यो मन्दिर डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको छ ।
सूदूरपश्चिमका नौ भगवतीहरूमध्येको यो मन्दिर करिब २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका –८ लटाउली गाउँबस्ने साँकीजातिका स्थानीयले बारीमा हलो जोत्दै गर्दा हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको किम्बदन्ती छ । त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदैआएको छ ।
उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूजा तथा ठूलो मेला लाग्ने गर्दछ । कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खा, गर्खाबाट लडाकुहरुले आ–आफ्नो विरतासाथ लडाइँ हुँदा रगतको खोला बग्ने जसलाई यँहा न्वाखोलाको रुपमा नामकरण गरिएको छ ।
मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेकोा छन् ।
.gif)