सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

आज एकादशीको दिन पनि दसैंको टीका लगाइँदै


पश्चिम प्रेस
बुधबार, कात्तिक ८ २०८०
  • 658
    Shares

  • images
    images
    आज एकादशीको दिन पनि दसैंको टीका लगाइँदै

    महेन्द्रनगर । दसैंको टीकाको आज दोस्रो दिन पनि टीका र जमरा लगाउने क्रम जारी छ । हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् । 

    आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुनेगर्दछ । घटस्थापनाका दिन दसैं घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

    नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् ।

    आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रूपमा लिने गरिन्छ ।


  • सम्बन्धित विषय:

  • # दसैंको टीका
  • प्रतिक्रिया दिनुहोस