महेन्द्रनगर । साताको पहिलो दिन अर्थात् आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको भने तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
.gif)