महेन्द्रनगर । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख १७ कारोबार भइरहेको थियो भने तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय ५० रुपैयाँ भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
.gif)