सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको मूल्य घट्दा चाँदी बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
मंगलबार, कात्तिक १४ २०८०
  • 777
    Shares

  • images
    images
    सुनको  मूल्य घट्दा चाँदी बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

    महेन्द्रनगर । नेपाली बजारमा आज (मङ्गलवार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला पाँच सय रुपैयाँ नै घटेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसै गरी, आज चाँदीको मूल्य भने बढेको छ । सोमबारको तुलनामा आज (मङ्गलवार) चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो । 


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस