सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुन चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
बिहीबार , कात्तिक १६ २०८०
  • 684
    Shares

  • images
    images
    सुन चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
    महेन्द्रनगर । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य बढेको छ । पछिल्लो तीन दिन लगातार घटेको सुनको मूल्य आज बढेको हो । सोमबार र मङ्गलवार प्रतितोला पाँच पाँच सय रुपैयाँ र बुधवार प्रतितोला एक हजार रुपैयाँ गरी तीन दिनमा प्रतितोला दुई हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
     
    त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस