महेन्द्रनगर । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् शुक्रवार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो । शुक्रवार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज (आइतबार) प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।
.gif)