महेन्द्रनगर । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । आइतबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
.gif)