महेन्द्रनगर । मङ्गलवार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, मङ्गलवार चाँदीको मूल्य पनि बढेको छ । सोमबारको तुलनामा मङ्गलवार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो । सोमबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.gif)