सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको मूल्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
बुधबार, मंसिर ६ २०८०
  • 520
    Shares

  • images
    images
    सुनको मूल्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
    महेन्द्रनगर । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 
     
    सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले बुधवार पनि निरन्तरता पाएको हो । मङ्गलवारको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेको हो।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख १६ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
     
    त्यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस