सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम


पश्चिम प्रेस
मंगलबार, मंसिर १२ २०८०
  • 846
    Shares

  • images
    images
    सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम
    महेन्द्रनगर । नेपाली बजारमा आज (मङ्गलवार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पछिल्ला दिनहरूको तुलनामा सोमबार पनि सुन उच्च मूल्यमा नै कारोबार भएको थियो । सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
     
    यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार पाँच सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस