सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
बुधबार, मंसिर १३ २०८०
  • 514
    Shares

  • images
    images
    तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    महेन्द्रनगर । नेपाली बजारमा आज (बुधवार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
     
    लगातार बढिरहेको सुनको मूल्य आज तेस्रो दिन पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । सोमबार र मङ्गलवार पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । अघिल्लो दिन अर्थात् मङ्गलवार को तुलनामा आज सुन प्रतितोला एक हजार छ सय रुपैयाँ बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
     
    यसै गरी, बुधवार चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार को तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । मङ्गलवार प्रतितोला १ हजार पाँच सय रुपैयाँमा कारोबार भएको चाँदी बुधवार प्रतितोला १ हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस