सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा झन्डै २ लाख मूल्य बराबरका अवैध सामान बरामद


पश्चिम प्रेस
शुक्रबार, मंसिर १५ २०८०
  • 705
    Shares

  • images
    images
    कञ्चनपुरमा झन्डै २ लाख मूल्य बराबरका अवैध सामान बरामद

    महेन्द्रनगर । कञ्चनपुरमा झन्डै २ लाख मूल्य बराबरका अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका-४ र ६ बनगाउँबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका सामान बिहीबार बरामद गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याई लुकाई छिपाई राखिएका अन्दाजी  रु १ लाख ९६ हजार ९५ मूल्य बराबरका चिनी, मिठाई, स्टिल गिलास, चिया छन्नी लगायतका सामान फेला पारी बरामद गरेको हो ।

    बरामद गरेका उक्त सामानहरू कानुन बमोजिम भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # अवैध भन्सार छलीका सामान बरामद
  • प्रतिक्रिया दिनुहोस