महेन्द्रनगर । शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
गत सोमबार, मङ्गलवार र बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । बुधवार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार भने स्थिर रहेको थियो । बिहीबारको तुलनामा आज सुन प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबारको तुलनामा चाँदी आज प्रतितोला २० रुपैयाँ बढेको हो । बिहीबार प्रतितोला १५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला १५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
.gif)