मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एआईबाट फ्रीमै कसरी बनाउने यस्तै रमाइला तस्बिर?


पश्चिम प्रेस
शुक्रबार, मंसिर १५ २०८०
  • 934
    Shares

  • images
    images
    एआईबाट फ्रीमै कसरी बनाउने यस्तै रमाइला तस्बिर?

    केही दिनयता सामाजिक सञ्जालमा एआईबाट बनाइएका चिया र मःमका रमाइला तस्बिर छाएका छन्। मःमको डल्लो लिएर भागेको र आमाले लखेटेको, चियासँगका रमाइला तस्बिर भाइरल बनेका छन् । 

    यी तस्बिरहरू हेर्दा क्यामेराबाट खिचेको जस्तो रियलिष्टिक देखिन्छन् । तर यो सबै आर्टिफिसियल इन्टेलिजेन्सको मदतले बनाइएका हुन । तस्बिर छाउन थालेपछि कसरी बनाउने त यस्त तस्बिर भन्ने कुरा सबैका मनमा लागेको छ । यस्का लागि पैसा तिरेर मिडजोर्नी र अन्य पेड टुलबाट सजिलै बनाउन सकिन्छ तर फ्री मै आकर्षक तस्बिर बनाउन च्याटजिपिटी इन्टिग्रेट गरेको माइक्रोसफ्टको एआई टुल विङ प्रयोग गर्न सकिन्छ ।

    _262a32b7-dabb-415a-9252-03dfa28e43da.jpg

    माइक्रोसफ्टको यो टुलमा एआईसँग इन्टरनेटमा भएको सबै जानकारी लिन मिल्छ । यद्यपि च्याटजिपिटीले सन् २०२१ सम्मको डाटा मात्र बताउन सक्छ । 

    यहाँ क्लिक गरेर सोझै बिङको इमेज जेनरेटर टुल प्रयोग गर्न सकिन्छ । 

    Annotation 2023-12-01 132329.png
    Microsoft | Bing


    यस्तो इन्टरफेस देखिएपछि हामीले कस्तो खालको तस्बिर बनाउने भनेर त्यहाँ वर्णन गर्नुपर्छ । त्यसका लागि प्रोम्प्ट लेख्न जान्नुपर्दछ तर कस्तो तस्बिर बनाउने आइडिया भएपछि प्रोम्पट तयार गर्न गाह्रो भने छैन । त्यसका लागि गुगलको बार्ड, च्याटजिपिटी लगायत टुल प्रयोग गर्न सकिन्छ । जस्तै बार्डमा गएर के के चाहिने हो तस्बिरमा यसरी नै लेख्न सकिन्छ । 

    Annotation 2023-12-01 132928.png
    Google | bard


    त्यहाँ लेखेको प्रोम्प्टलाइृ कपि गरेर बिङमा कपि गरेर क्रेट बटनमा क्लिक गरेर केही छिनमा यस्तै आकर्षक तस्बिर पाउन सकिन्छ । यसै गरी चियाको कपको तस्बिर पनि बनाउन सकिन्छ । 

    InkedAnnotation 2023-12-01 133210_LI.jpg

    _54a0b150-e63e-42f4-a644-50280600406f.jpg


  • सम्बन्धित विषय:

  • # एआई
  • प्रतिक्रिया दिनुहोस