सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रतितोला १ लाख २१ हजार नाघ्यो सुनको मूल्य


पश्चिम प्रेस
सोमबार, मंसिर १८ २०८०
  • 521
    Shares

  • images
    images
    प्रतितोला १ लाख २१ हजार नाघ्यो सुनको मूल्य
    महेन्द्रनगर । नेपाली बजारमा आज (सोमवार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    पछिल्ला केही दिन देखि रेकर्ड बनाउँदै आइरहेको सुनको मूल्य आज प्रतितोला ८ सयले वृद्धि भई फेरि नयाँ रेकर्ड बनाउन पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार छापावाला सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार सोमवार चाँदी प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस