महेन्द्रनगर । नेपाली बजारमा आज (मङ्गलवार) सुन चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ४ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबारको तुलनामा आज चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
.gif)