सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

घट्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
बुधबार, मंसिर २० २०८०
  • 831
    Shares

  • images
    images
    घट्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    महेन्द्रनगर । नेपाली बजारमा आज (बुधवार) पनि सुनको मूल्य घटेको छ । मङ्गलवार को तुलनामा आज सुन प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
     
    त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार चाँदी प्रतितोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस