महेन्द्रनगर । नेपाली बजारमा आज (शुक्रवार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँ नै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज (शुक्रवार) पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
.gif)