सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी  पक्राउ


पश्चिम प्रेस
शुक्रबार, मंसिर २२ २०८०
  • 846
    Shares

  • images
    images
    कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी  पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।

    जिल्लाको भीमदत्त नगरपालिका–८ का बसन्त सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्दामा संलग्न सुनारलाई २०८० असार २७ गते कैद सजायको फैसला सुनाएपछि पाँच महिना ७ दिन कैद भुक्तान गर्न बाँकी हुँदै फरार भएका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सुनारलाई उनकै घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका सुनारलाई तोकिएको कैद सजाय भुक्तान गर्न बिहीबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # चोरी मुद्दाका फरार प्रतिवादी  पक्राउ
  • प्रतिक्रिया दिनुहोस