महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले ढल व्यवस्थापन बारे छलफल गर्न आज (आइतबार) नगरवासीलाई बोलाएर आफू भने कार्यक्रममा सहभागी हुन बेलौरी पुगेका छन् ।
गत हप्ता नगरपालिकाले बजार क्षेत्र भित्र नालीमा जोडेका सेप्टिक ट्याङ्कीका पाइप काटेको थियो । सोही विषयमा छलफल गर्न र सेप्टिक ट्याङ्कीबाट ओभर फ्लो भएकोको पानी व्यवस्थापन गर्न आज छलफल गर्नै बताएका थिए । गत शुक्रवार पनि सोही विषयमा कुरा गर्न नगरपालिका पुगेका नगरवासीलाई नगरवासीलाई आइतबार छलफल गर्ने भन्दै फर्काएका थिए ।
बजार क्षेत्रमा बनाएका नालीमा सेप्टिक ट्याङ्कीको पुरै पाइप नभई ओभर फ्लो भएको पानी मात्रै उक्त नालीमा फरकै पाइप लगाएर व्यवस्थापन गरिनुपर्ने उनीहरूको माग छ । उक्त ढललाई सालघारीमा व्यवस्थापन केन्द्र बनाएर मल तथा ग्यास बनाउन सकिने सुझाव पनि दिएका थिए ।
आज पनि मेयर बोगटी नगरपालिकामा नभेटिएपछि स्थानीयले नगरपालिकामा तालाबन्दी लगाउने चेतावनी दिएका थिए । ‘हामीले जिताएर पठाएका जनप्रतिनिधिले हाम्रै लागि समय नदिएर अन्त कार्यक्रममा सहभागी हुन पुगेका छन्’ गल्ली नम्बर ३ का एक व्यवसायीले भने, हाम्रा मेयरलाई काम गर्न पठायौँ तर उहाँलाई कार्यक्रममा सहभागी हुनै फुर्सद छैन ।’
कार्यालय समयमा मेयर बोटी उपमेयर निलम लेखकमध्ये कसैको पनि उपस्थिति नभएपछि केही बेर स्थानीय उग्र भएका थिए । तर केही बेरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हस्ताक्षरसहितको माग पत्र बुझाइएको हो । उनले मेयर उपस्थित भएपछि सो बारेमा छलफल हुने बताएका छन् । ‘मेयर बोगटी कार्यक्रमका लागि बेलौरी जानुभएको छ उहाँ आएपछि त्यसबारे छलफल गर्छौँ’, उनले भने ।
.gif)