सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

एकै दिन प्रतितोला एक हजार तिन सय रुपैयाँ घट्यो सुनको मूल्य


पश्चिम प्रेस
आइतबार, मंसिर २४ २०८०
  • 715
    Shares

  • images
    images
    एकै दिन प्रतितोला एक हजार तिन सय रुपैयाँ घट्यो सुनको मूल्य
    महेन्द्रनगर । नेपाली बजारमा आज (आइतबार) सुन चाँदीको मूल्य घटेको छ । शुक्रवार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रुपैयाँ घटेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
     
    शुक्रवार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
     
    त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको हो । शुक्रवार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस