महेन्द्रनगर । नेपाली बजारमा आज (सोमबार) पनि सुन चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला एक हजार तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय रुपैयाँ ५० मा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो । आइतबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
.gif)