महेन्द्रनगर । कञ्चनपुरमा लागू औषधसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको बेदकोट नगरपालिका—६ सिसैयाबाट ०.०६ ग्राम लागू औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थसहित सोमबार दिउँसो एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही नगरपालिका—७ बस्ने २५ वर्षीय कैलाश पाण्डे रहेका प्रहरीले जनाएको छ ।
प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा पाण्डेलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)